हिलापोखरीकी अनिता परियार शल्यक्रिया गर्ने पैसा नहुँदा समस्यामा

बेनी, १७ साउन । कलेजोको छेउमा पानी जमेर थला परेकी म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीकी अनिता परियार आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेर समस्यामा परेकी छिन् ।

एक वर्षदेखि थलिएकी परियार शल्यक्रियाका लागि आवश्यक पर्ने रकम जुटाउन नसकेर छटपटाएकी छिन् । एक वर्षअघि शरिरको दाहिने भागतर्फको भाग दुखेर परिक्षण गराउँदा चिकित्सकले कलेजोमा पानी जमेको बताएका थिए ।

चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएपनि आर्थिक अभावका कारण पिडा खटाएर बस्नुपरेको परियारले बताउनुभयो । मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी अनिता पैसा जुटाउन नसकेपछि घर फर्किएकी थिइन् ।

दुखाई बढ्दै गएपछि पुन अस्पताल जानका लागि बेनी आइपुगेकी परियार र उनका श्रीमान सुरेश आर्थिक अभावका कारण पोखरा पुग्न नसकेको बताउँछन् । शल्यक्रिया, औषधी र अस्पताल जान आउनका लागि करिब दुई लाख रुपैयाँ आवश्यक पर्ने सुरेशले बताउनुभयो ।

निम्न बर्गका परियार दम्पत्ति ज्याला मजदुरी र खेतिकिसानी गरेर जिविकोपार्जन गर्दै आएका छन् । उनिहरुका चार वर्षका एक छोरी समेत छिन् । अनिताको उपचारका लागि सहयोग जुटाउन पहल गरिएको हिलापोखरीका तारानाथ शर्माले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: