म्याग्दी उद्योग वाणिज्य संघ ५० औ वर्षमा प्रवेश

बेनी, १७ साउन । म्याग्दीका उद्योगी ब्यवसायीहरुको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ शनिबार ५० औ वर्षमा प्रवेश गरेको छ ।

वि.स. २०२७ सालमा चन्द्रशेखर श्रेष्ठको अध्यक्षतामा स्थापना भई २०३३ साउन १७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघले वर्ष २०७७ लाई स्वर्ण उत्सव बर्षको रुपमा मनाउन सुरु गरेको छ । संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा स्वर्ण उत्सवको सुरुवात गरिएको थियो ।

स्वर्णउत्सवको अवसरमा एक वर्षभरि विभिन्न कार्यक्रम गरिने संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । बेनीमा च्याम्बर स्तम्भ स्थापना र स्वर्ण वर्षको लोगो अनावरण गरिने भएको छ । यसैगरी पुर्व अध्यक्ष लगायत पदाधीकारी र म्याग्दी भ्रमण वर्ष २०७५ मा घोषणा गरिएको पत्रकारिता पुरस्कार प्रदान समेत स्वर्ण उत्सवको अवसरमा गरिने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

पहिरोबाट अति प्रभावित धवलागिरि र मालिका गाउपालिकालाई एक÷एक लाख, बेनी नगरपालिका, रघुगंगा, मंगला र अन्नपूर्ण गाउपालिकाको विपद् ब्यवस्थापन कोषमा पचास÷पचास हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ । बेनी अस्पतालका १५ जना बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो । म्याग्दी बालगृह र गलेश्वर जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकहरुलाई खाना खुवाउने कार्यक्रम बनाएको छ ।

मालिका, मंगला, धवलागिरी र अन्नपूर्ण गाउपालिकामा इकाई विस्तार, महिला उद्यम विकास समिति बनाएको म्याग्दी उद्योग वाणिज्य संघमा करिब दुई हजार सदस्य छन् । संघका महासचिव लीलाराम गौतमले सञ्चालन गर्नुभएको स्वर्ण वर्ष सुभारम्भ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कुबिर श्रेष्ठ, पुर्व अध्यक्षहरु जिवनबहादुर विश्वकर्मा, सुर्यप्रसाद मरासिनी र सुर्दशनकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: