लायन्स क्लवद्धारा बाढी पहिरो पिडितलाई राहत सामग्री सहयोग

बेनी, ९ साउन । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले म्याग्दीका बाढी पहिरो पिडितहरुका लागि शुक्रबार राहत सामग्री सहयोग गरेको छ ।

म्याग्दी जिल्लामा क्रियाशिल लायन्स क्लवहरुको सक्रियतामा बागलुङ र पर्वत जिल्लाका लायनहरुबाट समेत रकम संकलन गरेर राहत सामग्री खरिद गरि जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा लायन्स क्लवका प्रतिनिधिहरुले २०० थान त्रिपाल, १६७ थान बलांकेट, ६ रोल म्याट्रेस, ३२ वटा तन्ना र टर्च लाईट हस्तान्तरण गर्नुभएको थियो । कुल छ लाख ५० जार रुपैयाँ मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको लायन्स क्लव ३२५ बिवानका सन्तोष रावलले बनाउनुभयो ।

प्रहरी नायव उपरिक्षक किरनजंग कुँवर र क्लवका डेपुटी चिप एड्भाइजर चन्द्रकुमार केसीको समेत उपस्थिति रहेको कार्यक्रममा बेनपा ६ का पहिरो पिडित ५ परिवारका लागि राहत सामग्री वडा अध्यक्ष कृष्णसिंह बानियालाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: