म्याग्दीका पहिरो पिडितप्रति संघीय र प्रदेश सरकार उदाशिन भएको काँग्रेसको आरोप

बेनी, ९ साउन । नेपाली काग्रेस म्याग्दीले विपद् व्यवस्थापनका लागि राहत तथा उद्धार कोष स्थापना गरेको छ ।

जिल्लामा हुने पहिरो, बाढी, कटान, आगोलागी लगायत प्राकृतिक विपद्को अवस्थामा राहत तथा उद्धारमा सघाउन कोष स्थापना गरेको हो । मालिका, धवलागिरी र अन्नपूर्ण गाउपालिकाका पहिरो पिडितको सहयोग जुटाउने क्रममा आगामी दिनमा पनि निरन्तरता दिने गरि कोष स्थापना गरेको पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कोषको निर्देशिका तयार पार्न महासमिति सदस्य चिरञ्जिवी शर्माको नेतृत्वमा गठन भएको कार्यदलले न्युनतम २५ प्रतिशत कोषमा रहने गरि कोषको रकम विपद् ब्यवस्थापनमा परिचालन गर्न मिल्ने मस्यौदा तयार पारेको छ ।

यसैगरी म्याग्दी काग्रेसले धवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई दश लाख रुपैयाँ बराबरको राहत वितरण गरेको जनाएको छ । पाटी सभापति खमबहादुर गुर्वजाले मराङ, कल्लेनी, कुम्री, राम्चे, विम, धारापानी, ताकम, लगायतको क्षेत्रमा नेपाली काग्रेस राहत तथा उद्धार कोषबाट सो सहयोग गरेको जानकारी दिनुभयो ।

स्थलगत रुपमा पुगेर मराङमा २ लाख ८१ हजार ७५० र कल्लेनीमा ८२ हजार ७०० रुपैया गरी ३ लाख ७० हजार राहत वितरण गरेको प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । मालिका गाउँपालिका विममा पहिरो प्रभावित परिवारलाई १ लाख ६९ हजार ७५० रुपैयाको राहत वितरण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै ताकम र धारापानीमा १३४ घर पपहिरोको जोखिमयुक्त रहेको जानकारी गराउदै प्रवक्ता श्रेष्ठले ताकममा २ लाख ४३ हजार र धारापानीमा २ लाख ७५ हजारको राहत वितरण गरेको बताउनुभयो ।

नेपाली काग्रेसको राहत तथा उद्धार कोषको खातामा हालसम्म ८ लाख २१ हजार सहयोग जम्मा भएको सहसचिव भरत रकालले बताउनुभयो । सभापति गर्वुजाले नेपाली काग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई पहिरोबाट प्रभावित क्षेत्रमा आधारभूत आवश्यक जुटाउनमा तत्पर रहन आग्रह गरेको बताउनुभयो ।

उहाले जिल्लामा थन्किएको राहत बाढी पीडितहरुको क्षेत्रमा पुग्न नसक्नु सरकारको उदासीनता देखिएको बताउनुभयो । पहिरो प्रभावित क्षेत्रका बासीन्दालाई सुरक्षीत स्थानमा राख्न, सडक, पदमार्ग खानेपानी, औषधी, विजुली र आवासको ब्यवस्थामा सरकार लाग्नुपर्ने बताउदै आवश्यक सहयोगको लागि तत्पर रहेको सभापति गर्वुजाले प्रविद्धता जनाउनुभएको थियो । वाइट

पहिरो प्रभावित क्षेत्रमा आवश्यक सहयोग स्थानीयले नसक्ने बताउदै प्रदेश र संघ सरकारले विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको थियो । पहिरोले छियाछिया भएको बस्तीका बासीन्दालाई सुरक्षित बस्ने ब्यवस्था मिलाउनका लागि तत्काल एकीकृत बस्तीको योजना अघि लगेर पुर्वाधार निर्माणमा सरकार लाग्नुपर्ने काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले बताउनुभयो ।

सभापति गर्वुजा र संविधान सभा सदस्य रेशम बानियाँको नेतृत्वको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका गरेका थिए । काग्रेसले हेलिकप्टर र खच्चडमार्फत राहत सामाग्री पु¥याएका थिए ।

सचिव क्याप्टेन मिनबहादुर काकीको संचालनमा भएको पत्रकार सम्मेलनमा पाटीका सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायतका नेताहरुको उपस्थित भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: