४२ औ पुष्पलाल स्मृति दिवस मनाइयो

बेनी, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा बुधबार बेनीमा ४२ औ पुष्पलाल स्मृति दिवस मनाइएको छ ।

नेकपाका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा पार्टीलाई एकताबद्ध गरि सुदृढ र मजबुत बनाउन कार्यकताले ब्यक्ति होईन पार्टीको सिद्धान्त कार्यान्वयनमा जोड दिएका छन् ।

नेकपाका केन्द्रिय सदस्य एवम् प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले नेपालको कम्यूनिष्ट आन्दोलनका जन्मदाता पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरु एकिकृत भएर उनको सपनालाई पुरा गर्ने बाटोमा अघि बढेको बताउनुभयो ।
ब्यक्तिलाई भन्दा पार्टीलाई बलियो बनाउन सही नीति, विधि र पद्धतिमा अघि बढाउन कार्यकताको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । पार्टीको नीतिलाई कार्यान्वयन गर्न भएको छलफलमा ब्यक्तिलाई उचालेर पार्टी फुटाउन सहयोग नगर्न समेत सबैलाई आग्रह गर्नुभयो । उहाले सबै मिलेर बाढी पहिरो पीडित क्षेत्रमा उद्धार, राहत, पुर्नवासको आवश्यक तयारीमा जुट्न निर्देशन दिनुभयो ।
नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरिकृष्ण श्रेष्ठले जिल्लाको बाढी पीडितको अवस्था, ब्यवस्थापनमा भईरहेको आर्थिक संकलन अभियानको जानकारी गराउनुभएको थियो । उहाले हालसम्म बाढी पीडितको पुर्नबास लगायतको ब्यवस्पापनका लागि नेकपा विपत कोषमा ७ लाख ६३ हजार संकलन भएको जानकारी गराउदै सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो ।
नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य नवराज शर्मा, प्रदेश सदस्य तथा सांसद विनोद केसी, खुमबहादुर बानियाँ, टेकबहादुर विक, जिल्ला कार्यालय सदस्य एवम् जिसस प्रमुख देवेन्द्रबहादुर केसीको उपस्थिति रहेको कार्यक्रममा स्वागत जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: