अर्जममा पहिरोबाट एक परिवार विस्थापित, रामचन्द्र माविको भवन जोखिममा

बेनी, ८ साउन । बेनी नगरपालिका–१ रत्नेचौरको अर्जममा खनिएको सडकबाट खसेको पहिरोका कारण डाडाबारीमा एक घर विस्थापित भएका छन् । धनबहादुर नेपालीको परिवारका आठ जनालाई सुरक्षित ठाउँमा सारिएको वडा सदस्य ताराप्रसाद श्रेष्ठले बताउनुभयो । ।

सडक डिभिजन कार्यालय बागलुङबाट सञ्चालित रत्नेचौर–भकुण्डे–भकिम्ली सडक आयोजनाका ठेकेदारले जथाभावी डोजर चलाएर पहाड भत्काएकाले अर्जमको रामचन्द्र माविको भवन समेत जोखिममा परेको उहाले बताउनुभयो । स्थानीयबासीहरुले नेपालीको घरका सामान सारेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: