जापानबाट पहिरो पिडितलाई सहयोग

बेनी, ७ साउन । म्याग्दीका पहिरो पिडितलाई बुधबार जापानबाट दुई लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ ।

जापानमा रहनुभएका पदम गर्बुजा, चित्र पुन, मिलन केसी, विकास केसी र मिलन बुढाथोकीको पहलमा दुई लाख २६ हजार ५६३ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

आर्थिक संकलनमा समन्वय गर्नुभएका बिनोद केसीले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

पहिरोका घाइतेको उद्धार र राहत ब्यवस्थापनमा समन्वय गरेको शान्ति कोषले पहिरो पिडितका लागि सहयोग संकलन अभियान पनि चलाएको छ ।

असार २५ गते धवलागिरी गाउपालिकाको मराङ, मालिकाको बिम, रघुगंगाको ठाडाखानीमा पहिरोमा परेर २८ जनाको मृत्यु भएको थियो । साउन ४ र ५ गते अन्नपूर्ण गाउपालिकाको दाना काभ्रेका एक जना वेपत्ता र एक जनाको मृत्यु भएको छ ।

मराङ, बिम, देविस्थान, ताकम, धारापानी, काभ्रे, ठाडा लगायत ठाउँमा सँयौ परिवार पहिरोबाट विस्थापित भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: