मेगा बैंकका कर्मचारीहरुबाट मराङका पहिरो पिडितलाई सहयोग

बेनी, ७ साउन । मेगा बैंक नेपाल लिमिटेडको बेनी शाखाका कर्मचारीहरुले धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितहरुलाई बुधबार आर्थिक सहयोग गरेका छन् ।

मराङका वडा अध्यक्ष राजाराम सुवेदी र ज्ञानबहादुर गर्बुजाको नाममा पहिरो पिडितको लागि सहयोग जुटाउन खोलिएको खातामा शाखाका कर्मचारीहरुको तर्फबाट दश हजार रुपैयाँ जम्मा गरेका हुन् ।

कर्मचारीहरुबाट नगद संकलन गरेर पहिरो पिडितलाई सहयोग गरिएको कर्मचारी भुवन सुवेदीले जानकारी दिनुभयो । असार २५ गतेको पहिरोका कारण मराङका विभिन्न ठाउँमा १९ जनाको मृत्यु र दुई जना वेपत्ता भएका थिए ।

सँयौ घरबार बिहिन भएका छन् । पहिरो पिडितको राहत, पुनस्थापनाका लागि सहयोग संकलन अभियान चलाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: