पहिरो पिडितलाई थकाली सेवा समाजको सहयोग

बेनी, १ साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लियाले सहयोग गरेको छ ।

म्याग्दीको मराङ घर भई हाल अस्टे«लीयामा रहनुभएका प्रमोद खत्रीको पहलमा समाजले उपलब्ध गराएको एक लाख पचास हजार रुपैयाँबाट पहिरो पिडितलाई राहत सामग्री उपलब्ध गराइएको हो ।

हेम मावि शिवाङको भवनमा बसेका कल्लेनीका करिब पचास जनालाई लत्ताकपडा उपलब्ध गराइएको छ । प्रमोदकी ठूलीआमा कमला घर्ती मार्फत कपडा वितरण गरिएको हो । यसैगरी वडा कार्यालयको समन्वयमा राम्चे, दमका, कुम्रि र रिखमा पूर्ण घर क्षति भएका १८ परिवारका लागि भाडा र औषधी उपलब्ध गराउन सामान खरिद भएको छ ।

प्रेसर कुकर, कराई, थाल, बोल, जग, बाल्टी, बाटा, डेप्ची, डाडु, पन्यु लगायतका भाडा उपलब्ध गराउन लागिएको हो । खरिद गरिएको भाडा र औषधी प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपद् ब्यवस्थापन समितिलाई उपलब्ध गराइएको छ ।

भाडा र औषधी अन्य राहत सामग्री सहित ढुवानी गरेर सम्बन्धित ठाउँमा पु¥याउने प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो । पहिरोका कारण बिम हुदै मराङ जोड्ने सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन मर्मतको काम सुरु भएको छ । फुटबल खेलाडी समेत रहनुभएका खत्रीले जन्मथलोमा भएको विपद्बाट प्रभावितलाई सहयोग गरिएको बताउनुभयो । असार २५ गतेको पहिरोका कारण कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखामा १९ जनाको मृत्यु र दुई जना वेपत्ता भएका छन् ।

मालिका गाउपालिकाको बिममा ८ जनाको मृत्यु भएको थियो । पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । ६०६ जना पूर्ण र २०४ जना आंशिक रुपमा प्रभावित भएका सहायक प्रमुख जिल्ला अ िधकारी महेश सुवेदीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: