बेनीका ७५ प्रतिशत फेन्सी ब्यवसायीले घरभाडा छुट पाए

बेनी, १९ असार । कोरोनाको जोखिम न्युनीकरणका लागि गरिएको बन्दाबन्दीको अवधिमा बेनीका ७५ प्रतिशत कपडा तथा फेन्सी ब्यवसायीले घरभाडामा छुट पाएका छन् ।

कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले उद्योग वाणिज्य संघ सग समन्वय गरेर बेनी बजारका आफ्ना १५० जना मध्य १२० जना सदस्यहरुबाट विवरण संकलन गरेको थियो । अध्ययनका क्रममा ७५ प्रतिशत फेन्सी ब्यवसायीले लकडाउन अवधिमा अधिकतम ७० हजार रुपैयाँसम्म भाडामा छुट पाएका पाइएको समितिका सचिव दामोदर शर्माले जानकारी दिनुभयो ।

पाँच प्रतिशत आफै घरधनी भएका तथा घरधनी सम्पर्कमा नआएको बताएका छन् । छुट नपाएका २० प्रतिशतले घरधनीसँग समन्वयका लागि पहल गरिदिन समितिलाई आग्रह गरेका छन् । चैत, बैशाख र जेठ महिनामा पूर्ण रुपमा भएको लकडाउनको अवधिमा केहीले एक महिना र धेरैजसोले दश प्रतिशत घरभाडा छुट पाएका छन् । सरकारले लकडाउन अवधिको घर भाडा छुट दिन आब्वहान गरेको थियो ।

करिब २५ लाख रुपैयाँ बराबरको छुट सुबिधा कपडा तथा फेन्सी ब्यवसायीले पाएका सचिव शर्माले बताउनुभयो । केहीले छुट नदिएपनि अनुकुल समयमा भाडा बुझाउन भनेका छन् । अधिकतम् भाडा छुट दिने पाँच जना घरधनीलाई सम्मानका साथै बाँकी ब्यवसायीलाई घरभाडामा छुट दिलाउन उद्योग वाणिज्य संघ सँग समन्वय गरेर पहल गर्ने सचिव शर्माले बताउनुभयो ।

असार १ गतेदेखि अन्य ब्यवसाय जस्तै फेन्सी ब्यससायहरु पनि खुलेका छन् । अफसिजन भएकाले ब्यापार नभएको ब्यापारीले बताएका छन् । बैशाखको बिवाहको सिजनमा धेरै कपडाको ब्यापार हुने गर्दथ्यो । दसैको ब्यापारको सिजन कुरेर बसेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: