गण्डकी प्रदेशको पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा

बेनी, १८ असार । गण्डकी प्रदेशको पर्यटन गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयसँग गुरुयोजना निर्माणको सम्झौता गरेको परामर्शदाता कम्पनी नेष्ट प्रा.ली.ले पर्यटकीय स्थलको नक्साङ्कन गर्न बेनीमा अन्तरक्रिया गोष्ठि गरेको छ ।

म्याग्दी र बागलुङका जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा भएको छलफलमा पहिचान भएका पर्यटकीय स्थलहरुको नक्साङकन गरिएको हो । प्रत्येक स्थानीय तहमा पाँच÷पाँच वटा मुख्य पर्यटकीय गन्तब्य पहिचान गरिएको छ ।

स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरि चार वटा समूहमा पर्यटकीय गन्तब्यलाई बर्गिकरण गरिएको परामर्शदाता योगेन्द्रपूर्ण श्रेष्ठले बताउनुभयो । यसअघिको चरणमा भएको छलफलका क्रममा पहिचान भएका गन्तब्यको नक्साङकन गर्न दोस्रो चरणमा छलफल भैरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: