करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई करिब चार लाख सहयोग

बेनी, १९ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउपालिका –५ की कृशिखा विकलाई करिब चार लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

पाउद्धार मामा घर तथा खिवाङ घर भएकी विकको उपचार र शिक्षाका लागि बेलायतमा तुलचन्द्र तिलीजा मगरको अगुवाइमा संकलन भएको तीन लाख ९६ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ । पाउद्वारी समाज युकेका सचिव  तीलीजा को पहलमा बिभिन्न स्थानका नेपालीहरुबाट सहयोग संकलन भएको थियो ।

पाउद्धारी समाज युकेका संस्थापक अध्यक्ष राजु पुन, पाउद्धार माविका पुर्व प्रअ कृष्ण तिलिजा र समाजसेवी उमबहादुर पाइजा मार्फत कृशिखाकी आमा शुसीलालाई आइतबार काठमाडौमा रकम हस्तान्तरण गरिएको थियो ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते भएकी कृशिखाको दुवै हात काटिएको छ । किर्तीपुर अस्पतालमा उपचार गरि हालै डिस्चार्ज भएकी उनलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग गरेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्था भएका कारण थप उपचार तथा भविष्यमा शिक्षामा समस्य हुन नदिन सहयोग जुटाइएको छ । कृशिखाकी आमा शुसिलाले सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।

सहयोगदाताहरुको विवरण

Leave a Reply

Scroll to Top
%d bloggers like this: