म्याग्दीका कोरोना संक्रमित युवा भारतबाट जेठ ९ गते बेनी आएका थिए

बेनी, १५ जेठ ः म्याग्दीमा पहिलो पटक एक बिहीबार जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–४ ओखरबोटका ३० वर्षीय युवालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरा स्थित क्षेत्रीय प्रयोगशालामा स्वाव परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘‘संक्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेशनमा लगिएको छ,’’ उहाले भन्नुभयो ‘‘बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकोमा परिक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।’’ उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

कोरोना संक्रमित युवा जेठ ९ गते सुनौली नाका हुदै भारतबाट बेनी आएका थिए । उनी र संगै आएकालाई सिधै क्वारेन्टिनमा लगेर राखिएकाले ट्राभल हिस्ट्री छैन् । उनी बागलुङको बडीगाड र तमानखोला गाउपालिकाका कोरोना संक्रमितहरुसंगै एउटै बसमा आएका थिए ।

म्याग्दीमा बिहीबार सम्म भारतबाट आएका ८५ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । कोरोना संक्रमण परिक्षणका लागि बिहीबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ जनाको स्वाब संकलन गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: