करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई बु्रनाइबाट सहयोग

बेनी, १६ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउपालिका ५ शिखकी कृशिखा विकको उपचार र शिक्षाका लागि दक्षिण पुर्वी एशियाली मुुलुक ब्रुनाइमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते अवस्थामा किर्तीपुर अस्पतालमा उपचार गरि डिस्चार्ज भएकी विकलाई ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

रत्नबहादुर पुनको पहलमा १७ जनाबाट संकलन भएको पचास हजार रुपैयाँ नारायण पुन मार्फत बालिकाका आमालाई उपलब्ध गराइएको छ । जिआयूमा कार्यरत नेपालीहरुबाट सहयोग संकलन भएको थयो ।

परिवारको कमजोर आर्थिक अवस्था भएका कारण थप उपचार तथा भविष्यमा शिक्षामा समस्य हुन नदिन सहयोग गरिएको सहयोगदाताले बताएका छन् । कृशिखाकी आमा शुसिलाले सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: