गुड नेवर्स इन्टरनेशनलद्धारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

बेनी, १४ जेठ । गुड नेवर्स इन्टरनेशनल नेपालले कोरोना भाइरस जोखिम व्यवस्थापन समिति म्याग्दीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

कोरोना रोकथामको अभियानमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरुको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने पिपिई सहयोग गरेको हो । १० थान पिपिई सहित अन्य उपकरण बुधबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिएको थियो ।

गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजन सेवा तथा बाल संरक्षण अधिकृत सुर्यमान नगरकोटीले सामग्री हस्तान्तरण गर्नुभएको थियो । पिपिइको साथमा कभर डिसपोजल जुत्ता, चश्मा, एन ९५ मास्क, टोपी, ग्लोब्स उपलब्ध गराइएको छ ।

गुर्ड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम र कदम म्याग्दी मार्फत धवलागिरी गाउपालिकामा सामुदायिक विकास परियोजना सञ्चालन भएको छ । परियोजनाले शिक्षा, स्वास्थ्य, आयआर्जन, पैरवी लगायतका क्षेत्रमा विभिन्न गतिबिधि गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: