दिर्घ रोगीलाई घरदैलोमै निशुल्क औषधी ढुवानी

बेनी, १४ जेठ । लायन्स क्लव अफ पिस सिटीले बेनी नगरपालिका भित्र नियमित औषधि सेवन गर्ने दिर्घ रोगका बिरामीको घरदैलोमा औषधी ढुवानी गर्ने भएको छ ।

लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा परेका विरामीलाई क्लवले घरदैलोमा औषधी पुर्याउने गरी ब्यवस्थापन मिलाएको क्लवका नवनिर्वाचित अध्यक्ष खम थापा मगरले बताउनुभयो । ‘औषधी खदिरमा सकस भइरहेको गुनासो आएको छ,‘हामीले विरामीको सेवामा यो काम गर्दैछौ’ थापाले भन्नुभयो ।

बुधबार भएको क्लवको बैठकमा संस्थापक अध्यक्ष राजेश शाक्यले विपन्न दिर्घरोगीलाई क्लवले समेत खरिद गरेर दिनसक्ने र ढुवानीको समस्या भएका बिरामीले खरिद गरेको औषधिलाई घरसम्म निशुल्क ढुवानी गरिदिने बताउनुभयो । क्लवले औषधी ढुवानीका लागि जिल्ला प्रशासनको अनुमतिमा पाँचभन्दा बढी सवारीसाधनको समेत ब्यवस्थापन गरेको छ ।

विपन्न दीर्घ रोगीलाई औषधि सहयोग गर्न क्लवका सदस्यबाट आर्थिक सहयोग समेत जुटाइने छ । नियमित औषधि सेवन गर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिने क्लवका निर्वतमान अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउन यता समुदायमा आधारित कामलाई प्राथमिकता दिएको क्लवले बेनीबजारमा बेवारिसे अवस्थामा रहेकालाई निशुल्क भोजन, लत्ताकपडा, पशुचौपायालाई दाना, विपन्नलाई खाद्यान्न सहित विभिन्न कार्यक्रम गरेको छ । दिर्घ रोगी र नियमित सेवन गर्नेलाई औषधीको विवरण र रकमसहित सम्पर्क गर्न सञ्चार माध्यममा सुचना प्रसारण गर्दै आह्वान गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: