भारतबाट आएका ४३ जनालाई क्वारेन्टिनमा राखियो

बेनी, ११ जेठ । म्याग्दीमा भारतबाट आएका ४३ जनालाई क्वारेन्टिन (एकान्तबास)मा राखिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि जोखिमयुक्त ठाउँबाट उद्धार गरेर ल्याइएका उनिहरुलाई बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसमा स्थापना गरिएको एकान्तबासमा राखिएको हो ।

जेठ ९ गते आएका १४ जनालाई न्यु वेष्ट पोइन्ट आवासीय मावि र १० गते आएका २९ जनालाई म्याग्दी क्याम्पसका एकान्तबासमा राखिएको कोभिड–१९ जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

वेष्ट पोइन्टको एकान्तबासमा राखिएकामा बेनी नगरपालिकाका ६, चालक र सहचालक एक, एक, मालिकाका ५ र अन्नपूर्ण गाउपालिकाका १ जना छन् । म्याग्दी क्याम्पसमा बेनी नगरपालिकाका ८, अन्नपूर्ण गाउपालिकाका १०, मालिका गाउपालिकाका १० र धवलागिरी गाउपालिकाका १ जना छन् ।

एकान्तबासमा राखिएकाहरुको खाना खर्च सम्बन्धित स्थानीय तहले ब्यहोर्न जनाइएको छ । कोरोना फैलिन नदिनका लागि भारतबाट आएकाहरुको पिसिआर परिक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्र घर पठाइने छ ।

कोरोनाको त्रास र लकडाउनका कारण भारतमा अलपत्र परेर सिमा नाका सम्म आएर सम्पर्क गरेकाहरुलाई सम्बन्धित स्थानीय तह र प्रशासनसंग समन्वय गरेर जिल्लामा ल्याई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

भारतबाट आउने क्रम बढेपछि म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको एकान्तबास बनाइएको छ । यसअघि न्यु वेष्ट पोइन्टमा ३० जना सहित जिल्लाभर १७३ जना क्षमताको क्वारेन्टिन थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: