गाउँको बिकासको लागी अपरीहार्य आवश्यकता र चुनौतीहरू

चक्रबहादुर थापा
बेनी, २४ वैशाख । बीसौ शताब्दी देखि विश्वका बीभिन्न देशहरू विकासको गतिमा द्रुत रुपमा दौडिएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, संचार जस्ता अति महत्वपूर्ण आवश्यकताहरू सर्वसुलभ छन, जसले गर्दा त्यहांका नागरिकहरूको राम्रो जीवनस्तर र जीवनयापन गर्देछन ।

ती देशहरू बिकासन्मुख र गरिब राष्ट्रका नागरिकहरूका लागी अध्ययन, अध्यापन, रोजÞगारी लगायत बीबीध क्षेत्रको लागी आकर्षणको केन्द्र बनेका छन । मध्यपूर्वका बिभिन्न राष्ट्रहरूमा विविध खालको श्रमको लागी विशेषगरी दक्षिण एसियाबाट रोजगरीको सिलसिलामा लाखौ बिदेसीएको हाम्रो सामु छर्लग छ । जसले गर्दा मरुभूमितुल्य राष्ट्रहरू हराभरा भएका छन र छोटो समयमा बिकासले फड़को मारेका छन । त्यस्तै २५–३० वर्ष अगाड़ी हामीले धान, गहुँ, निर्यात गर्ने राष्ट्र दक्षिण कोरिया नेतृत्ववर्ग र सम्पूर्ण सर्वसाधारण जनताको अथक प्रयासको बाबजुद विकासको तीव्र गतिमा छ । आज हाम्रो देश को लाखौ नागरिक लाई रोजगार दिन सफल भएका छन ।

हाम्रो देश नेपाल विविध विषम पारस्थितिको आरोह अबरोह बाट गुज्रीरहेको कुरा हामी सबैलाइ अवगत नै छ । देशको यति राम्रो भौगोलिक, एतिहासिक, जैविक विविधताले भरिभराऊ भएपनी हामीले वा नेतृत्ववर्गले यसको सही समयमा सही तरीकÞाले समुचित सदुपयोग गर्न नसक्नाले हामी पछाड़ी परेका हौं भन्ने मैले महसूस गरेको छू । हाम्रो देशका अग्ला हिमश्रृङखला, अपार जलश्रोत, खनिज जन्य पदार्थहरू लगायत भौगोलिक बिबिधता को कारणले गर्दा आय आर्जन गर्ने प्रचुर सम्भावना हरू उपलब्ध छन । कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा धेरै नै दीर्घकालीन सम्भावनाहरू छन तर बिडम्बना हाम्रो नेतृत्व बर्ग ले सही दिशा नअपनाउनले यी सबै खेर गएको अवस्था छ ।

त्यस्तै हाम्रो देश प्राचीन र सांस्कृतिक विविधताले भरिएको छ । सांस्कृतिक, धार्मिक र शाहासिक पर्यटनको लागी हाम्रो देश अति नै समवृद्ध छ र यसलाई पनि हामीले आय आर्जनको श्रोत बनाउनु पर्छ ।

हाम्रो देश विविध कृषि उत्पादनको प्रचुर सम्भावना भएको देश मानिन्छ । उदाहरणको लागी फलफुल, जडिबूटि, पशुपालन, र बन पैदबारको राम्रो बजार छ । कृषिमा पर्यटनलाई पनि सँगै लान सके त अझै राम्रो अवसर छ । यी विविध क्षेत्रहरूको समुचित उपयोग गर्न सकेमा देशको सर्वाङगिण विकासलाई टेवा पुग्ने निश्चित छ ।

आज हाम्रो देशको कर्णधार युवा जनशक्ति, शिक्षित समुदाय, बिभिन्न क्षेत्रमा दख्खल राख्ने विज्ञहरू नेपालमा आवश्यक अवसर को अभावमा र देश को अस्वस्थ प्रतिस्पर्धाका कारण ले विभिन्न देशमा पलायन हुन वाध्य भएका छन । हामी पनि त्यस बाट अछूतो रहन सकेनौ । देशमा रोजगरिको अभाव, परम्परागत कृषि प्रणाली, शिक्षा, स्वास्थ, यातायात, संचारको अभाव लगायत विविध समस्याले गर्दा दक्ष जनशक्ति बिदेसिनु परेको हो ।
यी विविध परीस्थितीका वावजूद बिदेसिनु परेपनी अहिले यो जनशक्तिले विविध क्षेत्रमा अनुभव, सीप, क्षमताको प्रचुर मात्रामा ज्ञान हासिल गरेका छन । केही व्यक्तिहरूले राम्रो आय आर्जन गरेको अवस्था छ । यी सबै (SKI -SKILL, KNOWLEDGE, INNOVATION) लाई हामीले देशको विकाशमा सही सदुपयोग गर्न सकेमा देशको सम्बृद्धि हासिल गर्नको लागी कामव्याबी हूने थियो की भन्ने मैले अपेक्षा गरेको छु ।

हामी बिदेशमा भएपनी हाम्रो मन यहीं आफनो जन्म भूमिमा रहेको हुन्छ । हामीले आफनो गाउको विकासको लागि हामी आफु बाटै सुरु गर्नू पर्ने नितान्त आवश्यकता छ । सधैं सरकारको मुख ताकेर यही प्रणालीमा आधारित रहयूँ भने हाम्रो भाबी सन्तति यही परम्परामा अल्झिरहने छन ।

समय सापेक्ष परिवर्तन र राम्रो आय आर्जन साहितको जीवन स्तर उकास्नको लागी सर्वप्रथम हामीले हामी आफै बाट सुरूवात गर्नु पर्छ । व्यक्ति शिक्षित वा राम्रो भएमा परिवार राम्रो बन्दछ, परिवार राम्रो भए टोल राम्रो बन्दछ, टोल छिमेक राम्रो भएमा गाऊँ राम्रो बन्दछ, गाऊँ राम्रो भएमा जिल्ला राम्रो बन्दछ, र जिल्ला जिल्ला राम्रो भएमा सम्पूर्ण देशको विकास हुन्छ । त्यसैले सुरूवात म वा आफै बाट हुनु पर्दछ । त्यसैले हाम्रो गाउको विकासको लागि हाम्रो गाउको हावापानी सुहाउदो कृषि, पशुपालन, पर्यटन, बन, र जडिबुटिको व्यवसाय गर्नु फलदायी देखिन्छ । यसका आफ्नै चुनौति हरू अवश्य पनि छन, जस्तै सिंचाई को ब्ययबस्थापन ।

समग्र गाऊँको विकासको लागी निम्न लिखित कुराहरूमा ध्यान दिनु पर्ने देखिनछ । यी सबै बुँदा हरूको विस्तृत बिंबरण पछी उल्लेख गरिने छ ।
१) सामूहिक र चक्लाबन्दी खेती प्रणाली ।
२) बजार व्यवस्थापन र प्रवर्धन ।
३) पशुपालन (मृग, कालिज, लोकल कुखरा, याक र लोकल गाईको क्रस, चिज उत्पादन, ट्राउट पालन)
४) जडिबूटि को उत्पादन र प्रशोधन (जस्तै हिमाली क्षेत्रमा पाईने सतुवा, टिम्मूर, पाँचऔले जस्ता विविध बस्तु)
५) फलफुल र तरकारी खेतिको व्यवस्थापन (जस्तै गाउमा पाईने कालो काफल, हाडे काफल, जन्मांद्रो, गूँयालो, चुत्रो, एँसेलू, आदि तथा परम्परागत र नयाँ फलफुल जस्तै सुन्तला , एभोकाड़ो, किवी, केरा ईत्यादि )
६) कोल्ड स्टोर र प्रशोधन (जस्तै वाईन बनाउने)
७) एग्रो टूरिजमरकृषि पर्यटन (जस्तै फÞार्म स्टे , होम स्टे )
(क्रमश)
लेखक थापा म्याग्दी प्रवासी नेपाली संघ (मोना) को निवर्तमान अध्यक्ष तथा गैरआवासीय नेपाली संघ न्युजल्याडका पुर्व अध्यक्ष हुनुहन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: