वन डिभिजन म्याग्दीबाट कोरोना कोषमा ७९ हजार

बेनी, २३ वैशाख । वन डिभिजन कार्यालय म्याग्दीले संघीय सरकारले स्थापना गरेको कोरोना रोग रोकथाम नियन्त्रण व्यवस्थापन कोषमा मंगलबार ७९ हजार १९६ रुपैयाँ जम्मा गरेको छ ।

म्याग्दी स्थित वन डिभिजन र सब डिभिजन कार्यालयमा कार्यरत कर्मचारीहरुको तीन दिनको तलब कट्टा गरि सरकारको कोरोना कोषमा जम्मा गरिएको हो । ३० जना कर्मचारीहरुको तलबबाट १९ हजार १९६ रुपैयाँ जम्मा गरिएको निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: