लायन्स क्लव अफ बेनी मल्लाजको अध्यक्षमा कडेल

बेनी, २० वैशाख । लायन्स क्लव अफ बेनी मल्लाजको शनिबार भएको अधिवेशनबाट वर्ष २०२०–२१को लागि अध्यक्षमा बलीभद्र कडेल (राजु) चयन हुनुभएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा बिक्रम सुवेदी, सचिवमा चन्द्रबहादुर क्षेत्री (बाबु), कोषाध्यक्षमा बिवेक हमाल, सहसचिवमा बमबहादुर केसी, सहकोषाध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ ।


यसैगरी मेम्बरसिप डाइरेक्टरमा रबिन जिसी, टेलसिस्टरमा लक्ष्मीनिधि रिजाल (बिमल), टेम्बरमा नारायण पौडेल, रिपोर्टीङ अफिसरमा किरन कार्की, हेल्थ डाइरेक्टरमा शिवबहादुर कार्की, कम्युनिटि डाइरेक्टरमा दुर्गा भण्डारी, स्पोर्ट डाइरेक्टरमा राजकुमार परियार, बिजनेस डाइरेक्टरमा सुरेन्द्र श्रेष्ठ र पिआरओमा कृष्णराज सुवेदी चयन हुनुभएको छ ।

क्लवको निवर्तमान अध्यक्षमा दिनेश बानिया रहनुभएको छ । क्लवले आँखा शिविर, स्वास्थ्य शिविर, रक्तदान, विद्यालयमा शैक्षिक सामग्री वितरण, अक्षयकोष स्थापना, सरसफाई लगायतका सामाजिक काम गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: