बेनीमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट

बेनी, १४ वैशाख । बेनीमा आइतबार बजार अनुगमन गरिएको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा हुन सक्ने मूल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बजार अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमन टोलीमा उद्योग अधिकृत मोहन सुवेदी, प्रहरी निरिक्षक डाक्टर चौधरी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतको सहभागिता थियो ।

कालीपुल, अस्पताल चोक, पिपलचोक, क्याम्पसचोक क्षेत्रका १९ वटा पसलका अनुगमन गरिएको हो । खाद्यान्न पसलहरुलाई लक्षित गरेर अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यान्न बरामद गरेर नष्ट गरिएको थियो ।

१.५ लिटरका २४ वोत्तल कोक, २० बोत्तल फेन्टा, ३० पिस स्पराइट, २ पिस चाउचाउ, आधा केजीको २६ पिस सुजी नष्ट गरिएको हो । दालमोठ, चाउचाउ, कुरकुरे लगायत सामान नष्ट गरिएको थियो ।

लकडाउनपछि बेनीमा चिनी र खानेतेलको मूल्यमा वृद्धि भएको छ । पाँच देखि दश रुपैयाँ मूल्य बढेको हो । मूल्य बढाएका ब्यापारीहरुले खरिद बिल नभएको बताउदै डिलरबाटै मूल्य बढेर आएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: