क्लोरिन छर्कीन ट्याङ्कर लिएर दरवाङ पुगे जिसी

राजकुमार पाण्डे
बाबियाचौर, १८ चैत । म्याग्दीका युवा ब्यवसायी नारायण जिसीले मंगलबार सदरमुकाम बेनी बाहीरका बजारको सडकमा कोरोना भाइरस नष्ट गर्ने क्लोरीन छर्कनुभएको छ ।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसीले आफ्नो बिएन कन्ट्रक्सनको ट्यांकर प्रयोग गरेर क्लोरिन छर्कन रत्नेचौर, डम्मरा, चुत्रेनी, बगुवाखोला, सिंगा, ठूलोखोला, तातोपानी, सिमलचौर, ताराखेत, बाबियाचौर, रणवाङ, रातोढुङ्गा, ढाडखर्क हुदै दरवाङ पुग्नुभएको हो ।

यसअघि जिसीले सोमबार बेनी अस्पताल, सडक र भित्री गल्लीहरुमा क्लोरीन छर्कनुभएको थियो । मजदुरहरुसंगै जिसी आफै खटिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयमा भएको क्लोरीन पाउडर पानीमा मिसाएर छर्कनुभएको हो ।

क्लोरीनले किटाणु नष्ट गर्ने भएकाले कोरोना प्रभावित देशले सडकमा क्लोरीन छर्कीएका छन् । स्थानीयबासीलाई कोरोनाबाट बचाउन लकडाउनका कारण होल्ड भएको उपकरण र मजदुर परिचालन गरेर क्लोरिन छर्कीएको जिसीले बताउनुभयो । जिसीको कामप्रति बजारबासीले प्रशसा गरेका छन् । क्लोरीन छर्कीदा ग्रामिण क्षेत्रका बजारका बासिन्दाले सुरक्षित महशुस गरेका छन् ।

जिसीले चैत महिनाको भाडा वापतको एकलाख ३५ हजार रुपैयाँ मिनाहा गर्ने घोषणा गर्नुभएको छ । सरकारले आइतबार मात्रै घरधनीहरुलाई चैत महिनाको भाडा छुट दिन सवै घरभेटीहरुलाई अनुरोध गरेको थियो । सरकारको अनुरोधलाई स्वागत गर्दै जिसीले घर भाडा वापतको उक्त रकम मिनाहा गर्ने हुनुभएको हो ।
जिसी र उहाँको पत्नी विमला जिसीले काठमाण्डौं र बेनीमा रहेको घरमा भाडामा वस्नेहरुको भाडा मिनाहा गर्नुएको हो । काठमाण्डौं स्थित घरको चैत महिनाको भाडा एकलाख र बेनीमा रहेको घरको ३५ हजार गरी एकलाख ३५ हजार रपैयाँ भाडा मिनाहा गरेको जिसीले बताउनुभयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला थोरै भएपनि भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा छुट दिने घोषणा गरेको जिसीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: