Editor CB Khabar

रेलेखर्कमा भेटिएका पदयात्रीको सकुशल उद्धार

बेनी, १८ माघ ः म्याग्दीको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर हराएका चार जना पदयात्रीको दुई दिनपछि शनिबार दिउँसो सकुशल उद्धार गरिएको छ । कैलालीको गेटा नगरपालिका –६ का २४ वर्षीय सुमन भट्ट, दोलखा चरिकोट–५ का २३ वर्षीय सञ्जित लामा, सर्लाही बरहतवा–४ का २४ वर्षीय अंकित शाह र २४ वर्षीय अबिशेक महतो बिहीबार खोप्रा देखि नारच्याङ …

रेलेखर्कमा भेटिएका पदयात्रीको सकुशल उद्धार विष्तृतमा

बेनीमा प्रादेशिक भाषा गोष्ठि

बेनी, १७ माघ । बेनीमा शुक्रबार सरकारी कामकाजको भाषा निर्धारणका आधार विषयक प्रादेशिक भाषा सङगोष्ठि सम्पन्न भएको छ । भाषा आयोगले आयोजना गरेको कार्यक्रममा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधि, भाषाबिद्, शिक्षकहरुबीच सरकारी कामकाजको भाषा निर्धारणका आधारका विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागिहरुले बहुसंख्यकले बोल्ने राष्ट्रिय बाहेकका भाषालाई पनि सरकारी कामकाजको भाषा …

बेनीमा प्रादेशिक भाषा गोष्ठि विष्तृतमा

जेसीजको पद हस्तान्तरण

बेनी, १७ माघ । म्याग्दी जेसीजको वर्ष २०२० का लागि निर्वाचित पदाधीकारीको पद विभाजन र पद हस्तान्तरण गरिएको छ । बेनीमा शुक्रबार आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको सपथप्रहण र पद हस्तान्तरणसंगै विभिन्न पदमा मनोनित गरिएको हो । शाखा अध्यक्षमा गत शनिबार भएको मतदानबाट सुजन बरुवाल निर्वाीचत हुनुभएको थियो । कार्यकारी उपाध्यक्षमा हरि भण्डारी र सन्दिप खत्री …

जेसीजको पद हस्तान्तरण विष्तृतमा

खोप्राबाट हराएका चार जना पदयात्री भेटिएनन्, खोजी जारी

म्याग्दी, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन् । खोप्रा लेक देखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनिहरु शुक्रबार साँझसम्म भेटिएका छैनन् । अंकित शाह सहित एक जना पोखरा र तीन जना काठमाडौका पैदलयात्रीहरु बाटो बिराएर जंगलमा अलपत्र परेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ …

खोप्राबाट हराएका चार जना पदयात्री भेटिएनन्, खोजी जारी विष्तृतमा

नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई

सुरेन गुरुङ नारच्याङ, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित खेलकुद प्रतियोगिता र बेशीगाउमा अन्नपूर्ण युवा क्लवले निर्माण गरेको भवन तथा स्टेजको गाउपालिकाका …

नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई विष्तृतमा

लिटिल गार्डेनमा  प्रर्दशनी

बेनी, १७ माघ । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमीमा शुक्रबार सामाजिक, सांस्कृतिक तथा विज्ञान प्रर्दशनी गरिएको छ । विद्यालयको कक्षा ४ देखि १० कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सामाजिक, सांस्कृति र विज्ञानसंग सम्बन्धित सामग्री बनाएर प्रर्दशनी गरेका हुन् । दैनिकीमा प्रयोग हुने सामग्री, विभिन्न उपकरण, चित्रकला, विज्ञान र शैक्षिक सामग्री प्रर्दशनीमा राखेका थिए …

लिटिल गार्डेनमा  प्रर्दशनी विष्तृतमा

रघुगंगाको सातौ गाउसभा

बेनी, १६ माघ । म्याग्दीको रघुगंगा गाउपालिकाको सातौ गाउँसभा बिहीबार गाउपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको छ । नियमित हिउदे गाउसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको थियो । गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थिक …

रघुगंगाको सातौ गाउसभा विष्तृतमा

अन्नपूर्ण पर्यटन महोत्सव सुरु

नारच्याङ, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउपालिकाले आयोजना गरेको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री गुरुङले पर्यटन विकासको माध्यमबाट ग्रामिण क्षेत्रको गरिवी निवारण गरिने बताउनुभयो । संस्कृति, प्रकृति र साहसाकि पदयात्रा मार्ग गण्डकी प्रदेशको …

अन्नपूर्ण पर्यटन महोत्सव सुरु विष्तृतमा

जलविद्युत र पर्यटन अन्नपूर्ण सम्बृद्धीको आधार

सन्तोष गौतम बेनी, १५ माघ । पश्चिम नेपालको गण्डकी प्रदेश अन्र्तगत म्याग्दीको साविक दोबा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाबिसलाई समेटेको अन्नपूर्ण गाउपालिका ५५६.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ । ८ वटा वडा र १३ हजार ३१५ जनसंख्याको बसोबास भएको अन्नपूर्ण गाउपालिकाको केन्द्र वडा न. ६ को पोखरेबगरमा छ । अन्नपूर्ण हिमालबाट …

जलविद्युत र पर्यटन अन्नपूर्ण सम्बृद्धीको आधार विष्तृतमा

अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा

सुरेन गुरुङ नारच्याङ, १५ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न. ४ मा पर्ने नारच्याङको बेशी …

अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा विष्तृतमा

Scroll to Top