रेलेखर्कमा भेटिएका पदयात्रीको सकुशल उद्धार

बेनी, १८ माघ ः म्याग्दीको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर हराएका चार जना पदयात्रीको दुई दिनपछि शनिबार दिउँसो सकुशल उद्धार गरिएको छ ।

कैलालीको गेटा नगरपालिका –६ का २४ वर्षीय सुमन भट्ट, दोलखा चरिकोट–५ का २३ वर्षीय सञ्जित लामा, सर्लाही बरहतवा–४ का २४ वर्षीय अंकित शाह र २४ वर्षीय अबिशेक महतो बिहीबार खोप्रा देखि नारच्याङ आउने क्रममा हिमपात भएपछि बाटो बिराएर हराएका थिए ।

उनिहरुको अन्नपूर्ण गाउँपालिका–४ को रेलेखर्कबाट उद्धार गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रजिअ ढकाल लगायत सुरक्षा अधिकारी र स्थानीयबासीको पहलमा सिम्रिक एयरको हेलीकप्टरबाट उद्धार गरेर उनिहरुलाई नारच्याङ बेशीगाउँ ल्याइएको छ ।

सुरक्षाकर्मी, गाउँले र गोठालाहरुको टोलीले फेला पारेपछि हेलीकप्टर मगाएर सकशुल उद्धार गरेको प्रजिअ ढकालले बताउनुभयो । शुक्रबार दिनभर खोजी गरि ठाउँ पत्ता लगाएपछि शनिबार हेलीकप्टर मगाएर उद्धार गरिएको हो ।

हराएकाहरुको खोजीमा प्रजिअ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरनजंग कुवर सहित शसस्त्र प्रहरी र जनपद प्रहरीका साथै स्थानीयबासीहरुको टोली परिचालन भएको थियो । उनिहरुले बिहीबार साँझ फोन मार्फत आफूहरु हराएको स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराएका थिए ।

मोवाइलमा कुरा भएपनि कहाँ छन् भन्ने पत्ता लाग्न सकेको थिएन् । टेन्ट र सुख्खा खानेकुरा साथै भएकाले उनिहरु सुरक्षित बसेका थिए । दुई जना डाक्टर र दुई जना इञ्जिनियर हुन् । हिउँले बाटो पुरिएपछि अलमलिएर बाटो बिराएको उनिहरुले बताए ।

उनिहरु खोप्रा लेकको सामुदायिक लजमा खाना खाएर नारच्याङ तर्फ हिडेलगत्तै हिउ पर्न सुरु भएको थियो । पदथप्रर्दशक बिनै पदयात्रामा आएका थिए । घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: