कतारमा कलाकारलाई सम्मान

तिलु शर्मा
कतार, १८ माघ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले स्नेह मिलन तथा सम्मान कार्यक्रम समपन्न गरेको छ । संस्थाका अध्यक्ष शक्ति क्षेत्रीको अध्यक्षता तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य दुर्गा पंगेनिको प्रमुख आतिथ्यतामा हिजो नज्माको मन्डला रेष्टुरेन्टमा उक्त कार्यक्रम समपन्न भएको हो ।

संस्थाका प्रथम उपाध्यक्ष शिवराम ढकालको स्वागत मन्तव्य संगै अगाडि बढेको कार्यक्रममा गत मंसिर ६,७ र ८ गते गण्डकी प्रदेशको राजधानी पोखरामा समपन्न ७ औ एतिहासिक केन्द्रिय महाधिबेशन( २०७६ बाट बैदेशिक साखाहरुको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोका कतार शाखाका संरक्षक समेत रहनु भएका पंगेनीलाई शुभकामना पत्रले सम्मान गरीएको थियो भने प्रदेश न ५ समन्वय परिषद कतारको अध्यक्ष पदेन सल्लाहकार रहने गरी बुद्द पान्डे  र समाजसेवि तथा ब्यबसायि बुद्दि भन्डारीलाई सल्लाहकारमा मनोनित गर्दै मनोनित पत्रले सम्मान गरीएको थियो ।

सम्मान ग्रहण पछि बोल्दै सल्लाहकार पान्डेले प्रतिष्ठानसंग प्रदेश न। ५ भित्र रहेका सबै जिल्लाका कलाकारहरुलाई जोडदै फराकिलो र गर्विलो संस्थाको पदमा आशिन रहेको महशुस गर्न आफु आतुर रहेको बताए । भन्डारीले स्थापना काल देखी नै संस्थाका हरेक गतिबिधिमा आफु जोडिएको स्मरण गर्दै हरेक किसिमको सहयोग गर्न आफु तत्पर रहेको प्रतिबद्दता ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी पंगेनिले आफ्नो जितको लागी हर सम्भव सहयोग गरेको कतार शाखा लगायत बैदेशिक साखा सहित सबै मतदातालाई धन्यबाद दिदै प्रत्यक्ष दोहोरी फोहोरी भओ भनेर धेरै जनगुनासा बढे पछी केन्द्रले केहि निती नियम तर्जुमा गरीरहेको जानकारी दिए ।

संस्थाका सचिव तिलु शर्मा पौडेलले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति क्षेत्रीले संस्थालाई फराकिलो र गर्विलो बनाउन सबै कलाकार अटने संस्था बनाउन आवश्यक रहेको बताउदै मनोनित तथा सम्मानित हुनु भएका सबैलाई बधाई दिदै कार्यक्रम सफल बनाउन पाल्नु भएका सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

यसैगरी बिगत लामो समय कतारलाई कर्मथलो बनाएका मोना कतारका कार्यसमितिका सह कोषाध्यक्ष गोकुल विकलाई संस्थागत बिदाई गरीएको छ । विकलाई हिजो सॉझ संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्व तथा म्याग्दि प्रवासि नेपाली संघ ९मोना० अन्तर्राष्ट्रिय कार्यकारी समितीका महासचिव बिक्रम कार्किको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी संस्थागत बिदाई गरीएको हो । कार्यक्रममा मोना आइईसिका सचिव तथा मोना कतारका प्रमुख सल्लाहकार रमेश पौडेल तथा सल्लाहकार शिव चोखाल बिशेष अतिथी रहेका थिए ।

संस्थाका उपाध्यक्ष नरेन्द्र फगामिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार शिव चोखाल, मोना आइईसिका सचिव तथा मोना कतारका प्रमुख सल्लाहकार रमेश पौडेलले शुभकामना मन्तव्य राख्का थिए । बिकलाई कदर पत्र तथा दसल्ला ओढाएर सम्मान तथा बिदाई गरीएको थियो । सम्मान ग्रहण पछि बोल्दै विकले जहॉ रहे पनी मोना कतार संग सामिप्यतामा रहन आफुले आजिवन सदस्यता ग्रहण गरेको स्मरण गर्दै सामाजिक कार्यमा सरीक हुने प्रतिबद्दता जाहेर गरे । कतार बसाईलाई बिट मार्दै स्वदेश प्रस्थान गर्न लागेका विकको उज्जवल भविष्यको कामना गर्दै प्रमुख अतिथी कार्किले परेदेशबाट स्वदेश जानु आकासको चरी सरह स्वतन्त्र हुनु बताए । जागिरले मानिसलाई बन्धनमा राखेको कार्किको भनाई थियो ।

संस्थाका सचिव देवि कंडेलले संञ्चालन गरेको कार्यक्रमको समापन गर्दै सभापति शर्माले विकलाई स्वदेशमै केही गर्ने तर्फ लाग्न सुझाव दिदै सालिन र भद्र मानिसलाई कतारबाट गुमाउदा पिडा बोध भए पनी स्वदेश फिर्ति सम्झिदा खुसि लागेको बताए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: