कालीपुल बसपार्क बनाउने मन्त्रीको प्रतिवद्धता

बेनी, ५ फागुन । बेनी नगरपालिका–८ मा रहेको कालीपुलमा गण्डकी प्रदेश सरकारले बसपार्क निर्माण गर्ने भएको छ ।

म्याग्दीमा सञ्चालित विकास आयोजनाहरुको अनुगमनका क्रममा सोमबार जिल्लामा आउनुभएका प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बेनी नगरपालिका–८ नम्बर वडा कार्यालयले आयोजना गरेको अन्तरक्रियामा बसपार्क बनाउने प्रतिवद्धता जनाउनुभयो ।
जनताले अनुभव गर्ने र देखिने विकासका आयोजनामा प्रदेशले जोड दिएको बताउदै मन्त्री बस्नेतले मुख्यमन्त्रीले समेत प्रतिवद्धता जनाउनुभएकाले कालीपुल बसपार्क निर्माणको काम आगामी वर्ष अघि बढ्ने विश्वास दिलाउनुभयो ।

मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय सरकारको मापदण्ड अनुसार दिगो रुपमा पुर्वाधार निर्माण भए नभएको अनुगमन तथा निरिक्षण गर्न स्थानीय तह लगायतका सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले वि.स २०७४ मा कालीपुल बसपार्कको २१ करोडको डिपिआर तयार पारिएको जानकारी दिनुभयो ।

स्रोतको अभावमा डिपिआर कार्यान्वयन हुन नसकेको उहाँले गुनासो गर्नुभयो । स्थानीय तह, प्रदेश र संघीय सरकारले साझेदारी गरेर कालीपुलमा बसपार्क बनाउनुपर्ने उहाँको भनाई थियो । वडा अध्यक्ष बराइलीले कालीपुल क्षेत्रको सडक कालोपत्रे योजनामा भएको ढिलासुस्ति प्रति मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैगरी कालीपुलको पक्कि मोटरेबल पुलको मर्मत र कालीपुलमा नदी नियन्त्रण योजनाका लागि समेत मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । मन्त्रि बस्नेतले पूर्वाधार विकास कार्यालयका प्रमुख र प्राबिधिकहरुलाई कालीपुल बसापार्क कालोपत्रे योजनालाई तत्कालै पूर्णता दिन निर्देशन दिनुभयो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसी सहित मन्त्री बस्नेतले प्रदेश अन्तरगतको पुर्वाधार विकास कार्यालय म्याग्दीको कार्यालय अवलोकन गर्दै भौतिक प्रगतिको अवस्थाबारे जानकारी लिनुभएको थियो । कार्यालयका सिनियर डिभिजनल ईन्जियिर ओमराज ढुंगनाले म्याग्दी र मुस्ताङमा संचालित विकास आयोजनाको हालसम्मको वित्तिय प्रगति २७. ६३ प्रतिशत भएको जानकारी गराउनुभयो ।
एक निर्वाचन एक सडक आर्थिक बर्ष ०७५÷०७६ मा सम्झौता भएर चार वटा सडकको निर्माण काम भईरहेको बताउनुभयो । उहाले म्याग्दीमा ११ पुलमध्ये २ वटा निर्माणधिन १ वटा सम्झौताको चरण २ वटा डिपिआर प्राप्त, १ शर्भे, एकवटा पुर्न्निर्माण प्राधिकरण रहेको जानकारी दिनुभयो । मुस्ताङमा २ वटा ठेक्का प्रक्रिया १ वटा डिपिआर र १ सर्वेको काम भईरहेको मन्त्रीलाई जानकारी दिनुभयो ।

त्यस्तै झोलुङ्ग पुल १७ वटा मध्य १३ वटा म्याग्दीमा ४ मुस्ताङमा रहेको छ । १ निर्माणधिन, ४ सम्झौता भएर निर्माण प्रक्रियामा, ७ वटाको डिपिआर तयार, १ वटा गाउँपालिकाले निर्माण गरेको बताउनुभयो । मुस्ताङमा १ वटा पुल निर्माण सम्पन्न, २ वडा डिपिआर नभएको, १ सम्झौता भएको जानकारी दिनुभयो । कार्यालयले ख बर्गका सडकमा ८ वटा निर्माणधिन, ग बर्गका सडकमा १३ वटा मध्य १० वटा सम्झौता भएर निर्मा्धिन भएको छ, भने ३ वटा सडक एक्याप कारण रोकीएको छ ।

प्रदेश सांसद विनोद केसीले आगामी २ बर्षमा ग्रामिण भेगका मुख्य सडक ब्यवस्थित बन्ने बताउदै मुख्य सडक कालोपत्रे हुने जानकारी दिनुभयो । साथै जिल्ला समन्वय समितिको कार्यालय, नेकपा म्याग्दीका नेतासंग जिल्लाको विकास आयोजनाको अवस्था र कार्यान्वयनबारे जानकारी लिनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: