वेष्ट पोइन्टद्धारा खेलाडीलाई सम्मान

बेनी, ५ फागुन । बेनीको न्यु वेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिंग शिल्ड बिजेता विद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ ।

बेनी नगरपालिका द्वारा अओजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामा विद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्त गर्दै प्रथम भएको थियो ।
प्रतियोगितामा विद्यालयबाट एथलेटिक्स मार्शल आर्ट, भलिबल कब्बड्डी गरि ७० जना विद्यार्थी सहभागी भएका थिए । सोमबार दिउसो विद्यार्थी शिक्षक अभिभाबक सहितको विजय ¥यालीले बजार परिकारमा गरि खुसियाली मनाएको थियो । ¥याली पछी विद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थी खेलाडी खेल शिक्षक विधागत इन्चार्ज पुर्व विद्यर्थि खेलाडीहरुलाई समेत सम्मान गरेको छ ।

पदक बिजेता विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका सदस्य अतिरिक्ति क्रियाकलाप बिभाग प्रमुख हरिकृष्ण श्रेष्ठले पुरस्कार वितरण र सम्मान कार्यक्रम सत्रको संचालन गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशकहरु, विद्यालय ब्यबस्थापन समितिका सदस्य शिक्षक अभिभाबक संघका अध्यक्ष सल्लाहकार सदस्य अभिभाबक पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सर्बोत्कृष्ट खेलाडी आइसा केसी, खेल शिक्षक दिपेन राइ, शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, प्रिन्सिपल डीबी दाहाल लगायतले बोल्नु भएको थियो । फाउन्डेसनका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले यो विजयका लागि विद्यार्थी खेलाडी खेल शिक्षक अभिभाबक शुभचिन्तक सबै प्रति अआभार प्रकट गर्दै र्यालीमा सहभागी सहभागी सबैलाई धन्याबाद दिनु भएको थियो । फाउन्डेसनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: