एसईई जेठ १३ गते र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने

फागुन २५ । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई जेठ १३ गते र कक्षा १२ को परीक्षा जेठ २६ गते गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।

यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।

विगतमा एसईई चैतमै हुँदै आएकोमा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: