पत्रकार रबिना पौडेल सहित सेभ द माइण्ड नेपालद्धारा २५ जना सम्मानित

चितवन,फागुन २४ । चितवनमा केन्द्रीय कार्यालय रहेको सेभ द माइण्ड नेपालले पत्रकार रबिना पौडेललाई सम्मान गरेको छ । १११ औं अन्तरास्ट्रिय महिला दिवस २०७७ को अवसरमा आज आयोजित कार्यक्रममा महिला,बालवालिकाहरुको पक्षमा निरन्तर आवाज उठाउदै आइरहेको संस्था सेभ द माइण्डले सम्मान पत्रले पत्रकार पौडेल सहित विभिन्न कठिनाइकावीच पनि उद्यमी बन्नुभएका २५ जनालाई सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर उपप्रमुख पार्वती शाहाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

प्राईम टेलिभिजनको चितवन संवादाता रहेर कोभिडको संक्रमणका समयमा समेत फिल्डमा रहेर सक्रिय रही जनताको पक्षमा पत्रकारिता गरेको भन्दै सम्मान गरेको सेभ द माईण्ड नेपालकी अध्यक्ष प्रमिला भुसाल पुजाले बताउनुभयो । यसले कार्यक्षत्रमा काम गर्न थप हौसला मिल्ने र आवाजविहीनहरुको आवाज थप शसक्तरुपमा उठान गर्ने विश्वास आफूहरुमा रहेको उहाँको भनाई छ । पत्रकार पौडेलले आफूलाई सम्मान गरेर थप प्रेरणा दिएको भन्दै संस्थालाई आभार व्यक्त गर्नुभयो ।

संस्थाले आज २१औं शताब्दीमा महिलाहरुको अवसर र चुनौती बिषयक अन्तरक्रिया एवम् संघर्षशील महिला दिदिबहिनीहरुको सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर उप प्रमुख पार्वती शाहाले वर्षको एक दिन नभई ३६५ दिननै महिलाहरु यसैगरी जागरुक बनेर हक अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

संस्थाकी अध्यक्ष प्रमिला भुषाल पुजाले अव गाउँ गाउँमा गएर महिला वालवालिकाहरुको अवस्था बुझ्ने र सभ्य शान्त समाज निर्माणका लागि जनचेतनाका कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो । साथै आफ्नो संघर्षबाट प्राप्त उपलब्धीमा संस्थाले सम्मान गर्दा सम्वन्धीत व्यक्तिमा थप प्रेरणा लगाउने भएकाले चटपट व्यवसाय गर्ने देखि चिकित्सक पेशामा चर्चित महिलाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष शान्ता न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा सामाजिक अभियन्ता देवी आचार्य, संस्थाका कानुनी सल्लाहाकार राजकुमार श्रेष्ठ,डा शारदा कुँवर लगायतले कार्यक्रममा बोल्दै महिलाहरु स्वयम आत्मविश्वासी भएर आवाज उठाउन आह्वान गर्नुभयो । जसले बोल्न सक्छ उसैले प्रगति गर्न सक्ने भन्दै आफू अन्यायमा पर्दाको न्याय आफ्नो आवाज भएकाले जागरुक बन्न आह्वान गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: