चितवनमा क्यान्सर सचेतना कार्यक्रम

चितवन, पौष ५ । चितवनमा क्रिायशील ३ वटा लायन्स तथा एउटा लियो क्लबको आयोजना हिजो भरतपुर–४ लंकूमा महिला स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा चिकित्सकहरुले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा गर्भा अवस्थामा हुने मघुमेहका बिबिध पक्षको जानकारी गराउन् भएको थियो । कार्यक्रम लायन्स क्लब अफ बैदिकनगर, लायन्स क्लब अफ चितवन चौतारी,लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि तथा लियो क्लब अफ बैदिकनगरले आयोजना गरेका हुन ।
कार्यक्रममा चिकित्सकहरुले सानो लापरवाहीले बिरामी तथा उनीहरुका आफन्तहरुले भोग्नुपर्ने समस्या बारेमा समेत चर्चा गर्नुभएको थियो । उहाँहरुले चनाखो भएर रोग लाग्नै नदिने यदि कथम कदाचित रोग लागिहाले चिकित्सक का पुग्न ढिला गर्न नहुने बताउनु भएको थियो । धेरै जसो बिरामीहरु ढिलो गरी उपचारका लागि आउदा एकातिर रोग पुरै सन्चो नहुने अर्कोतर्फ आर्थिक रुपमा निक्कै ठुलो भार पर्ने बताउनु भएको थियो ।
मेडिकलसिटीको रुपमा चिनिएको चितवनको शहरी क्षेत्रमापनि सचेतनाको कमी देखेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ बैदिकनगरका अध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिनुभएको थियो । सचेतना कार्यक्रममा स्थानिय आमा समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तथा बिपिकोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर सर्जन डागंगा सापकोटा, भरतपुर अस्पतालका फिजिसियन डा बिबेक कंडेल त्यस्तै बिपिकोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका स्त्री रोग बिशेषज्ञ डा सरिता रानागुरुङ्ग र चितवन मेडिकल कलेजका डा बसन्त शर्माले सहजीकरण गर्नु भएको थियो ।
सचेतना कार्यक्रमको उद्घाटन लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिकको–अडिनेटर लायन दिनानाथ न्यौपानेले गनुभएको थियो । कार्यक्रममा डिष्ट्रिकको–अडिनेटरहरु नवराज सापकोटा युवराज क्षेत्री लगायतका लायन्स कर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमला यन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: