आन्नद कृषि सहकारीको चौथो अधिवेशन सकियो, नेतृत्वमा आचार्य

भरतपुर, पौष ५ । आनन्द कृषि सहकारी सस्था लि भरतपुर–४ आन्नदपुरको दशौ साधारण सभा एवं चौथो अधिवेशन हिजो शनिवार सम्पन्न भएको छ । अधिवेशनले शोभा प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा ओमप्रसाद गौतम सचिवमा कालिका प्रसाद घिमिरे कोषाध्यक्षमा काशिनाथ घिमिरे, सह–सचिबमा मधुसुदन घिमिरे तथा सदस्यहरुमा ईन्द्रमणि गैरै,नबिन पौडेल, बृद्धिनाथ खरेल,कोषराज घिमिरे,शोभा देबी अर्याल र रतना देबीकंडेल निर्वाचित हुनु भएको छ ।
त्यस्तै गरी तीन सदस्ययि लेखा तथा सुपरिबेक्षण समितिको गठन भएको छ । कार्यक्रम सस्थाका अध्यक्ष लिलाधर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कृषकका लागि आवश्यक मल, बिउ तथा अन्य प्राबिधिक सेवा प्रदान गर्न बि.स. २०६७ मा सहकारी स्थापना गरिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: