प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने, स्थायी कमिटी बैठकमा समेत उपस्थित

पौष १ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ ।

विपक्षि दल समेत सहभागी संवैधानिक परिषद बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा उपस्थित नभएपछि सवैधानिक परिषदको काम कर्तव्य रअधिकार सम्वन्धी पहिलो संशोधनको अध्यायदेश जारी भएको थियो ।

अध्ययादेशमा प्रधानमन्त्री सहित ३ जना उपस्थित भएपछि निर्णय हुने व्यवस्था गरिएपछि चौतर्फि आलोचना सुरु भएको थियो ।

स्थायी कमिटी बैठक सुरु भएपछि आजको बैठकमा प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी हुनुभएको छ । बुधबार स्थायी कमिटीमा छलफल गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने नेताहरुको तयारी थियो ।

प्रधानमन्त्रीले बैठकमा आउन अस्वीकार गर्नुभएको थियो । दुई अध्यक्षबीच बालुवाटारमा आज वान टु वान वार्ता सुरु भयो । नेकपाकै सांसदहरु मिलेर संसद अधिवेशन माग गरेपछि प्रधानमनीले अध्ययादेश फिर्ता लिन सहमत जनाउनु भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: