नारायणी नदीमा मोटरबोट संचालनमा रोक

मंसिर २८ । भरतपुर महानगरपालिकासँग इजाजत नलिई नारायणी नदीमा मोटरबोट संचालनमा रोक लगाइएको छ । महानगरले एक सुचना जारी गरेर संचालनमा रोक लगाएको हो । महानगरले एक सूचना जारी गरी प्रचलित ऐन, कानुनबमोजिम इजाजत लिएर र करको दायरामा आउने आह्वान गरेको हो । अहिले संचालित कुनै पनि मोटरबोट संचालनमा नआएको महानगरले जनाएकोछ ।
नारायणी नदीमा हाल आठवटा कम्पनीका मोटरबोटहरु सञ्चालनमा छन् । तीमध्ये आधिकारिक रुपमा एउटा कम्पनीले मात्रै पर्यटन विभागबाट इजाजत लिएको कागजपत्र पेश गरेको महानगरको राजस्व शाखा प्रमुख विसुराम कुँवरले बताउनुभयो । ‘राष्ट्रिय नदीमा जलविहार गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण ‘आइइई’ पास भएको हुनुपर्ने र कम्पनीहरु प्रालिमा दर्ता भएको हुनुपर्ने साथै महानगरसँग अनुमति लिनुपर्ने बताइएको छ ।
नारायणी नदी व्यवस्थापन सम्बन्धमा गैँडाकोट नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त टिमले एउटा कार्यविधि बनाउन लागेको छ । डेढ महिनाभित्र कार्यविधि टुङ्ग्याउने महानगरको तयारी छ । नारायणी नदीकिनारलाई ‘सी बिच’ मोडलमा विकास गर्ने महानगरको योजना छ । योजनाको बोलपत्रसमेत आह्वान भइसकेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: