नयाँ सवारी चालक अनुमतिपत्र पाउन अझै कठिन

मंसिर २८ । नयाँ सवारी चालक अनुमतिपत्र पाउन अझै केही महिना लाग्ने भएको छ । अहिले नै यो सेवा खुलाइए भीड बढ्ने र संक्रमण बढ्ने जोखिम रहेको भन्दै अझै दुई महिना नखुल्ने भएको हो ।

झण्डै ९ महिनादेखि यो सेवा बन्द छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले बताउनुभयो ।

उहाँका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ ।”

Leave a Reply

Scroll to Top
%d bloggers like this: