आज बालाचर्तुदशी पर्व, सतविज छर्ने दिन

चितवन, मंसिर २८ । ‎आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाम, पशुपतिनाथ लगायतमा सतविज छर्नेको भीड लाग्ने गर्दछ ।

यस पटक कोभिड १९ को संक्रमणको डरका कारण मन्दिरमा नजान आह्वान गरिएपनि पशुपति नाथमा विहानै भक्तजनहरुको घुइचो छ ।

सदविज छर्न श्रद्धालु भक्तजनहरुको हिजो रातिदेखि नै देवघाट, पशुपतिनाथ पुगेका भक्तजनहरु मन्दिरको ढोका नखुलेपनि बाहिरबाट नै दर्शन गरी सतविज छरेका हुन् ।

सदविजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: