गौतम बुद्ध कप ः सुपर ओभरमा नारायणीद्धारा बागमती पराजित

चितवन,मंसिर २७ । गौतम बुद्ध कप आजबाट सुरु भएको छ । आजको खेलमा सुपर ओभरमा नारायणीले बागमतीलाई हराएको छ । खेलमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो । जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो ।

नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गर्नुभयो । जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । कप्तान ज्ञानेन्द्र मल्ले ३ छक्का प्रहार गरेपनि बागमतीले २० रन मात्र बनाउन सकेको हो । बागमति प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा आजदेखि सुरु प्रतियोगितामा तीन टिमले प्रतिस्पर्धा गर्दैछन् ।

जनस्तरबाट ३० हजार दर्शक क्षमतामा निर्माणाधीन अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला परिसरमा रहेको नमुना क्रिक्रेट मैदानमा खेल सुरु भएको हो । निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले राष्ट्रिय टिमका खेलाडीहरु नै मैदानमा आएर खेलिदिँदा यसले सकारात्मक सन्देश जाने र वास्तविक मैदान निर्माण भइरहेकाले सहयोगी मनहरुबाट थप सहयोग हुने अपेक्षा गर्नुभयो । साथै यो खेल आयोजना गर्न सहयोग पुर्याउने सवैमा धन्यवाद दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: