आज थप १ हजार ३८२ संक्रमित, २३ जनाको मृत्यु

मंसिर २३ । आज नेपालमा १ हजार ३८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो थपिएका संक्रमित सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।
आज १ हजार ६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: