चितवनमै पहिलो पटक ७ बर्षीय बालिकाको मुटुको जटिल अप्रेसन सफल

चितवन, मंसिर २३ । चितवनमै पहिलो पटक मुटुको जटिल अप्रेसन सफल भएको छ । चितवन मेडिकल कलेज भरतपुले दिएको जानकारी अनुसार सात बर्षिया बालिकाको मुटुको जटिल अप्रेसन गरिएको हो ।, तनहुँ जिल्ला घिरिङ गाउपालिका वडा नं. २ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने खुसी थापाको सफल सल्याक्रिया गरिएको हो । मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको र यो सफल सहित जिल्लामै पहिलो भएको कलेजको दावी छ ।

सास फेर्न गाह्रो हुने वेला वेलामा ढल्ने, समान्यतया अरु बच्चाहरु भन्दा फरक भएकोले बच्चालाई १७ महिनाको हँुदा काठमाण्डौको शहिद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्म जात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको थियो ।

सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा सो बच्चामा धड्कन ३० देखि ३२ मात्र थियो । यस कारण बच्चालाई जिवन जिउन निकै गाह्रो भएकोले चितवन मेडिकल कलेजमा उपचारको लागि ंमसिर २० गते भर्ना भएका थिए । मंसिर २२ गते शल्यक्रिया गरिएको र प्राय उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने कलेजले जनाएको छ । यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्ष सम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सको सल्लाह बमोजिम पुन शल्यक्रिया गरि सो पेशमेकर फेर्नु पर्ने हुन्छ ।

यसरी यस मेडिकल कलेजमा निज बच्चाको प्रा. डा. श्याम राज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजि डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्ले को संग्लनमा शल्यक्रिया सम्पन्न भएको थियो । हाल बच्चाको स्वास्थ्य सुधारउन्मुख रहेको समेत जानकारी गराइएको छ ।

दैनिक १५ सय बढी विरामी आउने कलेजमा प्रत्येक दिन ३० भन्दा बढि शल्यक्रिया हुने गर्दछन् । यस कलेजमा हाल सम्म ५००० भन्दा बढीको मुटुको शल्यक्रियाहरु सहित सफल उपचार गरिसकेको जानकारी गराएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: