नायिका स्वेता खड्काको विवाह आज, हेर्नुहोस् तस्बिमा

मंसिर २२ । चर्चित नायिका स्वेता खड्काको आज विवाह हुँदैछ । उहाँले विवाहकै दिन आज आफ्नो जीवनसाथी समेत सार्वजनिक गरेर फोटोहरु पनि सार्वजनिक गर्नुभएको छ ।
स्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग आज लगन गाँठो कस्दै हुनुहुन्छ । उनीहरुको विवाह गोकर्ण रिसोर्टमा हुन लागेको हो ।

मेहन्दी र हल्दी कार्यक्रमको तस्बिर पोस्ट गर्दै उहाँले लेख्नुभएको छ, ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म‘। ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गर्नुभएको उहाँले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह गर्नुभएको थियो । त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: