नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष ओली नै अनुपस्थित

मंसिर २१ । नेकपा स्थायी कमिटी बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि विवाद थप चर्किएको छ । ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने जानकारीसहितको पत्र पठाउनुभएको नेताहरुले बताएका छन् ।
आउँदो २८ गते अर्को बैठक बस्ने गरी नेपाल कम्युनिस्ट पार्टी नेकपा को आजको स्थायी कमिटी बैठक सकिएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक दुवै अध्यक्षका प्रस्तावमाथि सामान्य छलफलपछि स्थगित भएको हो ।
मङ्सिर २५ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: