नेपाल उद्योग वाणिज्य महासंघमा भरतपुरका प्रधान पनि निर्वाचित

मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा खुल्ला प्रतिस्पर्धाबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधान निर्वाचित हुनुभएको छ । त्यस्तै गैडाकोट उद्योग वाणिज्य संघ नवलपरासी सुस्ता पूर्वका अध्यक्ष अमृत भट्टचन निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा नवलपुरबाट भट्टचन र चितवनबाट प्रधान विजयी बन्नुभएको हो ।

कार्यकारिणी केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएका गैंडाकोटका भट्टचनल यसअघि कुराकानी गर्दैे कोभीडले थला परेको व्यवसायलाई उठाउने र व्यवसायीलाई परेको समस्या समस्या समाधानमा निरन्तर आफूले आवाज उठाउने बताउनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: