अर्थमन्त्री पौडेललाई बुटवलमा काँग्रेसले कालो झण्डा देखायो

मंसिर १० । बुटवलमा अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेसले कालो झण्डा देखाएर विरोध जनाएको छ । प्रदेश राजधानी मन्त्री पद सँग साटेको आरोप लगाउँदै तरुण दल र नेविसंघले मन्त्री पौडेलललाई आज बिहान तिनाउ पुल नजिकै कालो झण्डा देखाएका हुन् ।

रुपन्देहीको विभिन्न आयोजनाहरुको अनुगमन गर्न पौडेल त्यसतर्फ पुग्नुभएको हो ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो । अर्थमन्त्री पौडेलको सक्रियतामा राजधानी दाङ सारिएको भन्दै विरोध गरेको नेविसंघका नेता छाँया पोखरेलले बताउनुभयो । यसअघि काँग्रेस कार्यकर्ताले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा हानेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: