प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

मंसिर १० । बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको र हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास १ का बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

बर्दिबास–१ का बुद्धिराज न्यौपानेको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो । भिड नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: