देशभर आज २ हजार १११ जना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

कार्तिक २८ । आज देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा १२०७ जना संक्रमित भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: