तनहुँको भानुमा कौडा खेल्ने १६ पक्राउ

कार्तिक १६ । तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना हिजो पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० बरामद गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: