हास्यकलाकार गजुरेललाई कोरोना

कार्तिक ११ । चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ । आफूलाई संक्रमणपश्चात सामाजिक संजाल मार्फत उहाँले जानकारी दिनुभएको थियो । गत हप्ता दाजुलाई अस्पताल लैजाने र ल्याउने गर्दा आफू संक्रमित भएको हुन सक्ने बताउनुभयो । गत बिहिबार सामान्य टाउको दुख्ने शुक्रबार ९८ डिग्री को ज्वरो देखिएपछि उहाँले परीक्षण गराउनुभएको थियो । दाजु र आफूलाइ कोरोना देखिएको र बिहिबारदेखि नै आईसोलेसनमा रहेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: