धारिलो हतियारको प्रयोग गरी नवलपरासीमा पुजारीको हत्या

कार्तिक ११ । धारिलो हतियार प्रयोग गरी पश्चिम नवलपरासीमा एक जना पुजारीको हत्या भएको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव सोमबार फेला परेको प्रहरीले जानकारी दिएको छ।

केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: