थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक ११ । पछिल्लो २४ घण्टामा हिो थप १ हजार ७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १हजार ६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४हजार ५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस स‌ंक्रमणमुक्त भएका छन् । सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा ६७३ जना भेटिएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: