सेनाको सांकेतिक मात्र फूलपाती बढाइँ

कार्तिक ७ ।आज फूलपाती । यस वर्ष धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । हरेक वर्ष नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: