२६ सय ३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

असोज २९ । नेपालमा हिजो एकैदिन २६३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मात्रै १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । जसमा २ हजार १७४ जना निको भएका छन् । यो सहित निको हुनेको कुल सख्या ८० हजार ९५४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेको छन् । २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: